Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला कानून व्यवसायीले प्रहरी जवानलाई थप्पड हानेको आरोप, प्रहरीमा जाहेरी

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा सुरक्षार्थ खटिएका प्रहरी जवानले एक महिला कानून व्यवसायीलाई कारबाही गर्न माग गरेका छन् ।

आफूलाई कुटपिट गरेको आरोप लगाउँदै प्रहरी जवान जीवन छिनालले कानून व्यवसायी लक्ष्मी थापालाई कारबाहीको माग गर्दै आइतवार सिंहदरबारस्थित प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।

असार २३ गते आइतवार १ बजेर २० मिनेटको समयमा काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी थापाले आफूलाई गालीगलौजसँगै हातपातसमेत गरेको प्रहरी जवान छिनालको आरोप छ ।

आफ्ना क्लाइन्ट लिएर अदालतमा प्रवेश गर्न लागेकी थापालाई आफूले रोकेको त्यसैलाई लिएर गालामा चड्कन हानेको छिनालले आरोप लगाएका छन् । ‘यहाँबाट जान मिल्दैन, हामीलाई यहाँबाट पब्लिक नछिराउनु भन्ने आदेश छ भनेपछि मलाई उनले एक्कासी थप्पड हानिन्,’ छिनालको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077