Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ओली नेतृत्वमा बन्ने सरकारमा मन्त्री पठाउन दलहरूबीच आन्तरिक छलफल प्रारम्भ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा मन्त्री पठाउने विषयमा दलहरूबीच आन्तरिक छलफल प्रारम्भ भएको छ। प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस–नेकपा एमाले बीच भएको सहमति अनुसार नयाँ बन्ने लागेको सरकारमा मन्त्री पठाउनका लागि छलफ थालिएको हो ।

यही असार १७ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको सरकार सहकार्यको निर्णयसँगै उक्त सरकारमा मन्त्रीको जिम्मेवारी दिई पठाउने विषयमा छलफल चलेको श्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको पाँच दलीय सरकारलाई दिएको समर्थन फिर्ता गर्दै एमालेका मन्त्री बाहिरिएपछि सरकार अल्पमतमा परेको छ। काम चलाउ अवस्थामा रहेका प्रधानमन्त्री दाहालले २८ असारमा सदनमा विश्वासको माग्ने तयारी छ तर, कांग्रेस र एमालेले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

यद्यपि, संविधानतः प्रधानमन्त्री दाहाललाई राजीनामा दिने वा विश्वासको मत फेस गर्ने दुवै सुविधा रहेकाले उनले विश्वासको मत फेस गर्ने बताउँदै आएका छन् ।

अहिले सम्म एमाले, कांग्रेसले पनि मन्त्रीको टुंगो लगाइसकेको छैन। दुवै दलभित्र आगामी मन्त्री पठाउने व्यक्ति कुनै मुद्दामामलामा नफसेको र नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने युवा नेताहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077