Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

घरभित्र बाढी पस्दा कञ्चनपुरमा सात महिने शिशुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घरभित्र बाढी पस्दा सात महिने शिशको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुबान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको हो।

अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ ।

दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077