Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकार गुमेका कारण माओवादी आक्रोशित छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर संविधान संशोधन गरिने बताएका छन्।

संसद भवन बानेश्वरमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।

सचिव भट्टराईले कांग्रेस-एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादीलगायतका दललाई साथमा लिएर अघि बढ्ने बताए।

सचिव भट्टराईले आफूहरू संविधान संशोधन दुईरतिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे।

सचिव भट्टराईले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस-एमाले एकैठाउँमा आएको र बाँकी सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने बताए।

सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल आक्रोशित रहेकाले कांग्रेस र एमालेले सम्झाउने काममात्रै गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077