Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन मोटरसाइकल चालक पक्राउ

काठमाडौं । अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन्।

असार १५ गते काठमाडौं महानगरपालिका९१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो।

उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले प्रदेश नम्बर ३-०२-००७ प ६६७९ नम्बरको पल्सर, बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकल पनि बरामद गरेको छ ।

मोटरसाइकको ठक्करबाट गोर्खा सिरानचोक-२ की अनु गुरूङको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो।

उपचारको क्रममा असार १८ गते अनुको मृत्यु भएको थियो। दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए।

प्रहरीले उनीहरू तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077