Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

एजेन्सी । बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेकी छन् ।

चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि हसिना बेइजिङ प्रस्थान गरेकी हुन् ।

हसिनाको चीन भ्रमणले बङ्गलादेश र चीनबिचको ‘रणनीतिक साझेदारी’ लाई ‘व्यापक रणनीतिक समन्वयात्मक साझेदारी’ मा उकास्ने विश्वास गरिएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर २०१६ मा बङ्गलादेशको भ्रमण गरेको थिए।

जसमा दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ मा स्तरोन्नति गरेका थिए भने शेख हसिनाले अन्तिम पटक जुलाई २०१९ मा बेइजिङ भ्रमण गरेकी थिईन्।

हसिना र उनको टोलीलाई लिएर विमान बङ्गलादेश एयरलाइन्सको विशेष उडान सोमबार बिहान ११ः०५ मा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो ।

चीन भ्रमणको क्रममा हसिनाले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली किआङसँग छुट्टाछुट्टै बैठक गर्ने कार्यक्रम तय भएको छ ।

हसिनाले दुई देशबिच व्यापार, व्यापार र लगानीका अवसरसम्बन्धी शिखर सम्मेलनमा भाग लिने छिन् ।

ढाका र बेइजिङले २० वटा वा सोभन्दा बढी एमओयूमा हस्ताक्षर गर्ने र दुई पक्षबिचको द्विपक्षीय बैठकपछि केही विकास परियोजनाको उद्घाटन गर्ने सम्भावना रहेको डेली स्टारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077