Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठक भई पारित भएको उक्त विधेयक राष्ट्रपतिले सोमबार प्रमाणीकरण गरेका हुन् ।

विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो।

यो ऐनले लगानीको वातावरण बढाउने सरकारको अपेक्षा छ। सात ऐनका विभिन्न व्यवस्थामाथि यो ऐनबाट संशोधन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077