Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आजदेखि टेकुबाट सेवा दिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ ।

विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, “हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ ।” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पूजापाठ गरी कामकाज सुरु गरेका हुन् ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने, “नेपाल आयल निगम परिसरकै दुई रोपनी जमिनमा रु ७२ करोडमा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी भवन निर्माण हुँदैछ ।” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नयाँ बानेश्वरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077