काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने बताइएको छ । यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन्।
एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ।
असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो ।
सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् ।
उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।