Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी मिसाइल आक्रमणबाट युक्रेनमा कम्तिमा ४१ जनाको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको हो ।

जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ । उक्त आक्रमणपछि अभिभावकहरू आफ्ना बालबच्चा बोकेर अस्पतालबाट निस्किन बाध्य भएका छन् ।

यो मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077