Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनविरूद्ध लडिरहेका भारतीयलाई छाड्न रूस तयार

एजेन्सी । रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न रुस तयार भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेपछि उक्त सहमत भएको हो।

सोमबार साँझ भएको रात्रीभोजमा पुटिन र मोदीबीच वार्ता भएको थियो।

जसमा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेका थिए।

उक्त अनुरोधसँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो।

त्यस्तै उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने छ।

रात्रिभोजमा पुटिनले मोदीलाई पुन: निर्वाचित भएकोमा बधाई समेत दिएका थिए।

सोमबार मात्रै रूसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077