Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल गर्नको लागि एमालेले बैठक बोलाएको थियो ।

एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेपछि पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077