Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर दुई महिलाको मृत्यु

बाँके । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् । गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो ।

चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077