Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामेछापमा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, ९ जना घाइते

रामेछाप । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार भएको उक्त दुर्घटनामा नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् ।

घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077