Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अचेत अवस्थामा फेला परेका दुईजना पुरुषको मृत्यु

कैलाली । कैलालीको लम्कीमा अलगअलग स्थानमा अचेत अवस्थामा फेला परेका दुईजना पुरुषको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर वि।क। बाटोमा मंगलवार अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामा फेला पेरेका विकलाई उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

यसैगरी मंगलवार नै लम्कीचुहा नगरपालिका–३ खैरेनिको रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि अर्का पुरूष अचेत अवस्थामा फेला परेको थिए ।

नहरको माथि अचेत अवस्थामा फेला परेका ती पुरुषलाई उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई पनि मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

नहरको माथि फेला परेका ती पुरुषको अहिलेसम्म नाम, थर नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077