Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारमा कांग्रेस र एमालेको बराबर हैसियत हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहमति अनुसार कांग्रेस र एमालेले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने बताएका छन्।

बुधबार बिहान बसेको सचिवालय बैठकपछि बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनका लागि कुनै संवैधानिक जटिलता नरहेको बताए।

उपमहासचिव ज्ञवालीले भने,'योभन्दा अगाडि धारा ७६ को (२) संसदीय अभ्यासमा प्रयोग भइसकेको छ। संघीय सरकारमा पनि यो नजिर छ। कोशी सरकारको हकमा सर्वोच्च अदालतले एउटै धाराबाट पनि सरकार बन्न सक्छन् भन्ने कुरा स्पष्ट पारेको छ। नयाँ सरकार गठनमा कुनै पनि संवैधानिक जटिलता छैन। ७६ (२) अनुसार निर्माण हुन्छ।'

असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको छ।

एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077