Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले भन्यो - नयाँ सरकार गठनका लागि संविधानको धारा ७६(२) बाधक छैन

काठमाडौं । नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको जनाएको छ ।

एमालेको सचिवालय बैठकले संविधानको धारा ७६ को २ अनुसार नै नयाँ सरकार गठन हुने निर्णय गरेको हो।

सरकार गठन गर्न कुनै बाधा नहुने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

अब असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत नपाउने र केपी शर्मा ओली सहजै प्रधानमन्त्री बन्ने पनि उपमहासचिव ज्ञवालीले बताए।

कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतको नजिर पनि विश्वासको मत नपाए ७६(२) अनुसार नै सरकार गठनमा बाधा नपर्ने रहेको उपमहासचिव ज्ञवालीले बताए।

बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच बराबरीको हैसियतमा सरकारमा सहभागिता रहने पनि बताएका थिए । उनले यो भन्दा अगाडि नै पटक पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077