Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चा पुनर्गठन गर्ने बालुवाटार बैठकको निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी मोर्चाको पुर्नगठनका बारेमा समाजवादी घटक दलहरूसँग छलफल गरेका छन् ।

बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग प्रधानमन्त्री दाहालले छलफल गरेका हुन् ।

प्रचण्डको अग्रसरतामा अघि सारिएको समाजवादी मोर्चाको अभियानलाई यतिबेला दाहालको सरकारबाट बहिर्गमन हुने निश्चित भएपछि पुनः ब्युँताएर सक्रिय बनाउने निर्णय भएको छ ।

साथै नेताहरूले अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरूको टुंगो लगाउने र छिटै बैठक बस्ने निर्णय गरेका छन् ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायत नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077