Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण

एजेन्सी । नाटोले युक्रेनलाई एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको छ ।

नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा  युक्रेनलाई उक्त लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेको हो ।

अमेरिकी राजधानीमा आयोजित तीन दिने सम्मेलनमा राष्ट्रपति जो बाइडेनले पश्चिमलाई भेला गर्ने लक्ष्य राखेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि दुई वर्षमा तीव्र गतिमा बढेको रुसको सैन्य उत्पादनसँग तालमेल राख्न आग्रह गर्नुअघि बाइडेनले गठबन्धनका अन्य ३१ नेतालाई व्यक्तिगत रूपमा वासिङ्टनमा स्वागत गरेका हुन् ।

बाइडेनले गत वर्ष किएभलाई दिएको प्रतिज्ञा पूरा गर्दै डेनमार्क र नेदरल्यान्ड्सले अमेरिकी निर्मित एफ–१६ लडाकू जेटहरू युक्रेनमा पठाउन थालेको घोषणा गरे ।

यसअघि बाइडेनले युक्रेनका लागि नयाँ हवाई रक्षा प्रणाली सहायता प्रदान गर्ने घोषणा गरेका थिए। शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा दर्जनौँको ज्यान गएको थियो ।

आक्रमणमा किएभस्थित बाल अस्पताल भग्नावशेषमा परिणत भएको थियो ।

बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शिखर सम्मेलनमा आमन्त्रित गरेका थिए । सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एफ–१६ सहायताका लागि कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077