Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुन तस्करी प्रकरण : धरौटी बुझाउन नसकेपछि तीन जना जेल चलान

काठमाडौं । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी बुझाउन नसकेपछि तीन जना पनि कारागार चलान भएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसारअदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरुलाई कारागार पठाइएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार तीन जनासँग धरौटी माग गरेको थियो। बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

राजु खत्री भन्ने प्रेमनाथ सेढाईं, कान्छा लामा र रूपक भण्डारीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। सेढाईंसँग ‍‍५७ लाख, लामा र भण्डारीसँग ९७र९७ लाख धरौटी माग गरिएको थियो।

तर धरौटी बुझाउन नसकेपछि उनीहरूलाई केन्द्रीय कारागारमा चलान भएको सीआईबीले जनाएको छ । करिब ६१ किलो सुन तस्करीको अनुसन्धान गर्दा ३२ क्विन्टल सुन तस्करी भएको प्रहरी अनुन्धानबाट खुलेको थियो ।

सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको बुधबारको इजलासले पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

[insert page='300322' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077