Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

पहिरोले मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध, पन्छाउन ४ घण्टा लाग्ने अनुमान

चितवन । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ ।

कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।

सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएको छ ।

ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ ।

पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएको र जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

साथै पहिरो पन्छाउन करिब ४ घण्टा लाग्ने पनि कार्यालयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077