Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

त्रिशूली दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक गाडीको उद्धार र समस्या उत्पन्न भएको छ ।

सशस्त्र प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो गएका कारण गोताखोर घटनास्थलमा पुग्न नसकेको हो ।

खोज तथा उद्धारका लागि उक्त स्थानमा सशस्त्र प्रहरीको १७ नम्बर गण चितवनबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ गोताखोरसहित २० जना परिचालन गरिएपनि उनीहरू घटनास्थल पुग्न समस्या भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले शुक्रवार बिहान लामो दूरीमा चल्ने दुईवटा गाडी बगाएको छ ।

गौरबाट आउँदै गरेको बसमा करिब ४०–४२ जना तथा वीरगञ्जबाट आउँदै गरेको माइक्रोमा २०–२१ जना यात्रु सवार थिए । यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077