Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

त्रिशूलीमा बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढ-मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा ६५ जना बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले दुख व्यक्त गर्दै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका हुन् ।

साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल पनि गरेका छन् ।

चितवनको सिमतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077