Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

बसका बेपत्ता यात्रुको खोजी कार्य गर्दै सेना र प्रहरी

चितवन । चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । सशस्त्रको कोताखोर टोली नदीभित्र छिरेर बसको खोजी गरिरहेको हो ।

शुक्रवार बिहान ३ बजे भरतपुर–२९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको प्रहरीले जनाएको छ। दुवै गाडीमा गरी ६५ जना सवार रहेको अनुमान छ।

यात्रुमध्ये केहीले झ्यालबाट फलालेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको माइक्रो बस (विङर गाडी) र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077