Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

चितवन पहिरो : बेपत्ता बस र यात्रु खोज्न ७ गोताखोरसहित ७० जना परिचालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता यात्रुको खोजी सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।

सशस्त्रबाट ४५ जना र विपद् ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ । दुवै गाडीमा गरी ६५ जना सवार रहेको अनुमान छ।

यात्रुमध्ये केहीले झ्यालबाट फलालेर बचेका छन् । काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077