Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

यी हुन काठमाडौंबाट गौर जाँदै गरेका गणपति डिलक्स बसका २७ यात्रु [नामसहित]

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।

काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना रहेको खुलेको हो ।

दुई जना बीच बाटोबाट चढेका थिए । बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । सो बसका तीन जना यात्रुले भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । उनीहरू अहिले चितवनमै छन् ।

अन्य यात्रुहरुको अवस्था अज्ञात छ । अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गोताखोरको टोली खटिएको छ । उद्धारको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077