Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रविलाई ज्ञानेन्द्र शाहीले भने – बेचन झा पक्राउ परेकै कारण सरकार ढल्यो भनेर नढाँटौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बेचन झा पक्राउ परेकै कारण सरकार ढलेको भनेर जनतालाई नढाँट्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमाथि भाग लिँदै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।

सचेतक शाहीले फाइल खोलेका कारण सरकार ढलेको भाष्य गलत भएको बताए।

सचेतक शाहीले भने, ‘बहालवाला सांसद टोपबहादुर रायमाझी पक्राउ पर्दा सरकार नढल्ने तर बेचन झा पक्राउ गरेकै कारण सरकार ढल्यो भनेर बेचनको ब्रान्डिङ नगर्नु, संसद्को रोष्ट्रमबाट झुट कुरा नबोल्न आग्रह गर्छु।’

सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई इंगित गर्दै फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरे।

सचेतक शाहीले गृहमन्त्री लामिछानेले आफ्ना साझेदार जीबी राईलाई पक्राउ गर्न नसकेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077