Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्यास एपमार्फत ५ करोडको अवैध कारोबार, संलग्न ५ जना पक्राउ

काठमाडौं । अनलाइन बेटिङ साइट क्यास एपमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला र उर्लाबारी–७ का २४ वर्षीय मिलन मिश्र छन् ।

विराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीको योजनामा यो धन्दा चलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बुढाथोकीले यो समूहलाई क्यास एप सर्भरको अनुमति दिइ ६ वटा ईसेवा वालेट, ५ वटा कनेक्ट आईपीएस र सोही अकाउन्टमा लिंकअप भएका १९ वटा बैंक खातामा अवैध तरिकाले ५ करोडको आर्थिक कारोबार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत ५ करोडको अवैध कारोबार गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले यी वालेटबाट अनलाइन जुवाको कारोबार गरेको तथा खेल्ने खेलाउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जुवा तथा सट्टेबाजी खेल्न नहुने कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077