Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकार गठनबारे कानुनविदहरुसँग छलफल गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुसँग छलफल थालेका छन् ।

सरकार गठनबारे छलफल गर्न राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका हुन्।

राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिने छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार परामर्शका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले विच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ ।

कतिपय कानुनविद्हरुले ७६ (२) को सरकारले विश्वासको मत पाउन नसके ठूलो दलका आधारमा ७६ (३) अनुुसार सरकार गठन हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077