Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

त्रिशूली नदीबाट फेला पर्‍यो बसको पर्दा र ट्रयाकसुट

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा डिलक्स गाडी हराएको ठाउँमा बसको पर्दा भेटिएको छ ।

नयाँ सबुज गण भरतपुरका अनुसार उक्त पर्दा बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको भएको बुझिएको हो । पर्दासँगै बच्चाको कपडा पनि फेला परेको बताइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको थियो। उनीहरूले डुंगाबाट रड र बाँसको सहायतामा नदीमा गाडीको खोजी गरिरहेका थिए ।

गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२९ सिमलतालमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेको भनिएको थियो ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको थियो ।

यस्तै अध्यारोका कारण शुक्रवार खोजीकार्य स्थगित गरिएको छ । शनिबार बिहानै देखि पुनः खोजी कार्य सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077