Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा आज तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ । आज काठमाडौँका यी विभिन्न स्थानमा तीनदेखि ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरवार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरुद्ध हुने भएको हो ।

सिंहदरवार २ फिडर अन्तर्गत पर्ने सिंहदरवार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरवारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने छ।

ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्वासी बस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077