Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिमलताल दुर्घटना : त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको खोजी कार्य जारी

काठमाडौं । शुक्रबार बिहान त्रिशूली नदीमा खसेको बस र त्यसमा सवार यात्रुहरूको खोजी कार्य जारी रहेको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरकाके टोलीले उनीहरुको खोजी गरिरहेका छन्।

आज बिहान ८ बजेपछि खोजीकार्य सुरू भएको थियो। सशस्त्रले गोताखोरसँगै वाटर ड्रोन, सोनार क्यामेरा र पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ।

सोनार क्यामेराले पानीभित्रको वस्तुहरू हेर्न सहयोग पुर्‍याउँछ।  शनिबार त्रिशूलीमा पानीको वहाब पनि कम भएको छ।

यद्यपि, गोताखोरले पानीभित्र १५ मिटर पसेर हेर्दा पनि केही भेटिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077