Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलले सत्ताका सौदा बाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।

मानव अधिकार एलाइन्सको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

महासचिव पोखरेलले भने,‘जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्छ। साना-साना दलले सत्ताका सौदा बाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनुपर्छ। त्यो दिशामा जानका लागि दुई ठूला पार्टी मिलेका छौं।’

उनले प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त हुने भएपछि शुक्रबार संसदमा छट्पटी देखिएको दाबी गरे। उनले कमजोर दलले देश र सरकार चलाउँदा अस्थिरता देखिएकाले दुई ठूला दल मिल्नुपरेको बताए।

महासचिव पोखरेलले राज्यलाई बलियो बनाउन राजनीतिक दल बलियो बनाउनुपर्ने धारणा राखे।

राजनीतिक अस्थिरताबाट देश बन्न नसक्ने बताउँदै पोखरेलले अस्थिरतालाई जनताले अस्वीकार गरेर स्थिरता र समृद्धिका पक्षमा लाग्नुपर्ने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077