Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानबाट ठूलो परिमाणको लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी । प्रहरीले धरानबाट ठूलो परिमाणको लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धरानस्थित १७ वर्षीया किशोरीको डेराबाट लागूऔषध बरामद गरेको हो ।

पक्राउहरुमा धरान-४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा-३ कागते ठेगाना भएका ४५ वर्षीय चन्द्रध्वज राई र भारत अररिया जोगबनीका २८ वर्षीय रविकुमार सिंह रहेका छन् ।

१७ वर्षीया किशोरी बस्दै आएको डेराबाट ट्रामाडोल १४ हजार ९ सय १ क्याप्सुल, स्पाजमोल ७ हजार ४ सय ९६ ट्याब्लेट र कोलीबन नामको प्रतिबन्धित औषधि फेला परेको हो ।

नियन्त्रणमा रहेकी १७ वर्षीया किशोरीको पहिचान भने प्रहरीले खुलाएको छैन । जाँचको क्रममा डेराबाट लागूऔषधसहित ७६ हजार नगदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेकाहरु लागूऔषधको संगठित कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077