Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

काठमाडौँ । दोस्रो जनआन्दोलन (२०६२/६३) देखि करिब अनियमित जस्तै बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पढाइ, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्य नियमित बनाउने कोसिस विश्वविद्यालयले गरेको छ ।

लामो समयको कसरतपछि त्रिविले नयाँ शैक्षिक पात्रो (क्यालेन्डर) तय गरेको छ । क्यालेन्डरमा स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको भर्ना फाराम वितरणदेखि परीक्षाको नतिजा प्रकाशनसम्मको मिति किटान गरिएको छ ।

उक्त क्यालेन्डरलाई विश्वविद्यालयले आवश्यक निकायबाट स्वीकृत गराएर कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

अध्ययन संस्थान, सङ्काय, आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा कार्यव्रmमलगायतका निकायमा शैक्षिक क्यालेन्डर लागु भएको वा नभएको विषयमा नियमित अनुगमन गर्न एक समिति गठन गरिने पनि विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077