Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एम्बेसडर होटलमा राजदूतसँगको त्यो मिटिङ, स्वर्णिमले 'नेपाललाई भारतीय स्टेट' बनाउन आग्रह गरेको ढकालको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ‘नेपाललाई भारतीय राज्य’ बनाउन आग्रह गरेको आरोप लागेको छ ।

रास्वपाका पूर्वमहामन्त्री एवम् हालका साधारण–सदस्य डा. मुकुल ढकालले एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै उपसभापति वाग्लेलाई सो आरोप लगाएका हुन् ।

सांसद्समेत रहेका वाग्लेले नेपालका लागि तत्कालीन भारतीय राजदूत नवीन श्रीवास्तवसँग ‘नेपाललाई भारतीय राज्य’ बनाउन आग्रह गरेको ढकालको आरोप छ ।

सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री भएपछि काठमाडौँको एक होटलमा भारतीय दूतावासको टोलीसँग भेटेर फर्किने क्रममा वाग्लेले भारतसमक्ष यस्तो सम्झौता गर्नेगरी कुराकानी भएको ढकालले खुलासा गरे ।

ढकालले भने, 'उहाँ (रवि लामिछाने) गृहमन्त्री भइसकेपछि एउटा होटलमा हामीले भारतीय राजदूतलाई भेट्यौँ, राजदूतलाई भेट्यौँ। म, रविजी, शिशिर खनाल र स्वर्णिम वाग्ले हुनुहुन्थ्यो र त्यतापट्टीबाट आफ्नो एउटा टिम थियो। र, त्यो टिमसँग भेटेपछि उहाँ (रवि लामिछाने) जानु भयो। उहाँ गएपछि त्यो लिफ्टबाट तल ओर्लिसकेपछि त्यतिबेला स्वर्णिम वाग्लेले मलाई के भन्नु भयो भन्दा खेरि चाहिँ भारतलाई नेपाल, नेपाल देशलाई भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गर्दिने, र त्यो गरेपछि यिनीहरुले मान्छन् भनेर भनेपछि मलाई त्यतिबेलो झनक्क रिस उठ्यो ।'

स्रोतका अनुसार रवि लामिछाने फागुन २३ मा गृहमन्त्रीमा नियुक्त भएपछि २४ गते राति साढे सात बजे एम्बेसडर होटेलमा राजदूतसहित लामिछाने, वाग्ले, ढकाल र शिशिर खनालसहितको मिटिङ बसेको थियो । भारतीय राजदूत संलग्न उक्त डिनर मिटिङ राति साढे ११ बजे टुंगिएको थियो ।

यति मात्रै होइन पूर्वमहामन्त्री ढकालले सभापति रवि लामिछानेमाथि पनि विभिन्न आरोप लगाएका छन् । केही दिन अगाडी रास्वपाले पार्टीको महामन्त्रीबाट ढकाललाई हटाएको थियो । उनी अहिले साधारण सदस्य मात्रै कायम छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077