Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली हमलामा परी गाजामा ९० जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणमा परी ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको छ ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको जनाएको हो ।

यस घटनामा करीब ३ सय जना घाइते भएको बताइएको छ । इजरायली सेनाहरूले हमासका वरिष्ठ नेता मोहम्मद डिएफ र उनका डेपुटी राफा सलमालाई ताकेर सो आक्रमण गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आक्रमणपछि दुई मध्ये कोही जिवित छन् कि छैन भन्ने चाँहि स्पष्ट नभएको बताएका छन् ।

खान युनिस नजिक अल मावासी क्षेत्रमा सो आक्रमण भएको थियो । यो क्षेत्रलाई इजरायली सेनाले मानवीय क्षेत्रको रुपमा निर्धारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077