Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी । फ्रान्समा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको छ।

क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय एक युवक आफ्नो परिवारसँग आफ्नो जन्मदिन मनाइरहेका बेला ती व्यक्ति नजिकैको घरमा पुगेका थिए ।

आक्रमणकारीले पार्टीमा आएका पाहुनामाथि गोली चलाउँदा तीमध्ये तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । आफ्नो जन्मदिन मनाइरहेका युवक र उहाँका पिता दुवैको हत्या भएको थियो ।

प्रहरीले अझै पनि आक्रमण ‘किन’ भएको भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् । उक्त व्यक्तिले घातक आक्रमण गर्नुअघि सवारी चालकहरूलाई गोली हानेको देखिन्छ ।

ती व्यक्ति स्थानीय समयअनुसार राति ९ः३० बजेतिर दुवै घरलाई जोड्ने बाटो हुँदै छिमेकीको घरमा पुगेका थिए । गोली काण्डमा घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरू खतरामुक्त रहेका छन्।

गोली चलेको स्थलमा रहेका अन्य १५ प्रत्यक्षदर्शीलाई मनोवैज्ञानिकहरूले निगरानीमा राखेका छन् । प्रहरीका अनुसार ५० वर्ष काटेका ती आक्रमणकारीलाई यसअघि कुनै पनि अभियोग नलागेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077