Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोहित र दीपेन्द्रसिंह ऐरीले क्यारेबियन टी–१० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी–१० लिग खेल्ने भएका छन् ।

शनिबार सम्पन्न ड्राफ्टबाट रोहित मायामी लायन्स तथा दीपेन्द्र ग्रान्ड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका हुन् ।

रोहितआबद्ध टोलीमा शोयब मल्लिक, ड्वायन ब्राभो, रबि भोपारा, कोरी एन्डरसन, चाडविक वाल्टन जस्ता चर्चित खेलाडी छन् । यसैगरी दीपेन्द्र आबद्ध टोलीमा एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोसुवा लिटिल, मार्क वाट जस्ता खेलाडी छन् ।

वेस्ट इन्डिजमा आयोजना हुने पाँच टोली सहभागी लिगको पहिलो संस्करण आगामी अगस्ट १८ बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077