Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जलविद्युत् लगानीकर्ता खड्कालाई ओलीले सुम्पिए ऊर्जा मन्त्रालयको चाबी

काठमाडौं । नेपाली कांग्रेसको सिफारिसमा जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित पृष्ठभूमिका खड्कालाई ऊर्जा मन्त्रालयको चाबी सुम्पिएका हुन् ।

उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक समेत रहेका छन्।

खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ।

खड्काले ५ करोड रुपैयाँभन्दा बढी भाडा स्काउटलाई नबुझाएको पनि स्काउटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077