Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजे नेकपा (एकीृकत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । 

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077