Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खुटिया नदीमा हाम फालेका एक पुरुषको मृत्यु

धनगढी । कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ।

गोदावरी नगरपालिका-८ स्याउलेस्थित खुटिया नदीको पुलबाट हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरूङको मृत्यु भएको हो।

गुरूङले सोमबार राति ११ः३० बजे नदीमा हाम फालेका थिए।

पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरूङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077