Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

बारा । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको हो ।

तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077