Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजारले नाघ्यो २३ सय अंक, ९ अर्ब १३ करोड बराबरको कारोबार

काठमाडौं । करिब २६ महिनापछि सेयर बजार परिसूचक नेप्सेले २३०० अंक नाघेको छ ।

मंगलबार नेप्से ७०.१८ अंकले बढेर २३१० विन्दुमा पुगेको हो। कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।

बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयरको खरिदबिक्री हुदाँ ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबारमात्रै १७ अंकले घटेर करेक्सन भएको शेयरबजारमा ६ महिनायताकै उच्च कारोबार भएको थियो ।आज हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो ।

त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077