Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१५ दिनभित्र राजनीतिक दस्ताबेज पेस गर्न समाजवादी मोर्चाले बनायो कार्यदल

काठमाडौं । समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदल बनाएको छ ।

मंगलबार अपराह्न नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको बैठकले सो कार्यदल बनाएको हो ।

पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको बताइएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपाध्यक्ष अग्नि सापकोटा, महामन्त्री देव गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत सहभागी थिए ।

यस्तै आजैदेखि नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्ष समाजवादी मोर्चामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077