Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनुसन्धानको डीएसपी हुँ भनी ठगी गर्ने नैन पक्राउ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको डीएसपी नविन शाहीको नाममा ठगी गर्दै हिडेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३० का नैन सिंह बिक रहेका छन् ।

उनले विगत ३ महिनादेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सिआइबी प्रहरीको र राष्ट्रिय अनुसन्धानको डीएसपी नविन शाही हुँ भनी ठगी गर्ने गरेको आरोप छ ।

उनले अनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको बाँके प्रहरीले जनाएको छ ।

ठगी गर्ने गरेको सूचना प्राप्त भए पश्चात उनको खोजतलास गर्दै जाने क्रममा मंगलबार बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ एनटीभी रोडबाट फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

साथै उनले अन्यत्र स्थानहरुमा गई आफु डीएसपी हुँ भनि ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न हुन अनुरोध पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077