Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंककको होटलमा ६ भियतनामी नागरिकको शव फेला, विष खुवाएको आशंका

एजेन्सी । थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार ६ भियतनामी नागरिक मृत भेटिएका छन् ।

ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ।

बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन ।

उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077