Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् ।

अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उनी कतार गएका हुन् ।

पोखरेलसँगै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि कतार प्रस्थान गरेका छन् ।

अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077