Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमलताल बस दुर्घटना : बेपत्ता यात्रुहरु खोज्न हात्तीसहितको टोली परिचालन

चितवन । चितवनको सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरिएको छ ।

नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको हो ।

हात्तीलाई परिचालन गरेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नदी किनारमा खोजी भइरहेको बताईएको छ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका–२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका ठाउँमा १५ जनाको शव फेला परेको छ ।

अहिलेसम्म १८ जनाको शव भेटिएको र ७ जनाको सनाखत गर्ने प्रयास भइरहेको छ। खोजीमा सेनाको डुङ्गा र निजी डुङ्गाहरू पनि प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077