Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईईको रिटोटलिङ नतिजा प्रकाशित, ५९ जनाले ल्याए ४ जीपीए

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा प्रकाशित गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । हो ।

बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।

प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077